scheduleबुधवार आषाढ़ २ गते, २०७८

२० मिनेटमा नेपाल र बङ्गलादेश जाेड्ने हवाई मार्ग सञ्चालन गर्ने सहमति

काठमाडाैं, ११ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले यसै हप्ता गरेको बाङ्लादेश भ्रमणको क्रममा २० मिनेटभित्र दुई देशलाई जोड्ने सैयदपुर-विराटनगर हवाई सेवा सञ्चालन तत्कालै अघि बढाउनेबारे नेपालले विशेष इच्छा जाहेर गरेको अधिकारीहरूले बताएका छन्।

बाङ्लादेशले नेपालको प्रस्तावलाई स्वागत गरेको र अब त्यसलाई कार्यान्वयन गर्न औपचारिक प्रस्ताव बाङ्लादेश सरकारसमक्ष प्रस्तुत गरिने ढाकास्थित नेपाली राजदूतले बताएकाे छ ।

नेपाल र बाङ्लादेशबीच काठमाण्डू जोड्ने सिधा उडान सञ्चालित छ जसबाट बर्सेनि लगभग ३० हजार बाङ्लादेशी नागरिकहरू नेपालको भ्रमणमा आउने गरेको बताइन्छ।

नयाँ हवाई मार्ग सञ्चालनमा आए त्यसले दुई देशबीचको सम्पर्क सञ्जाललाई विस्तार गर्ने र थप पर्यटक नेपाल भित्र्याउन सहयोग गर्ने अधिकारीहरूको अपेक्षा छ।

राष्ट्रपति भण्डारीको दुई दिने भ्रमण सम्पन्न भएपछि मङ्गलवार बाङ्लादेशको परराष्ट्रमन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा नयाँ हवाई मार्गको चर्चा गरिएको हो।

उक्त विज्ञप्तिमा नेपालले बाङ्लादेशको सैयदपुर विमानस्थलबाट पूर्वी नेपालको विराटनगर वा भद्रपुर विमानस्थलमा सिधा उडान सुरु गर्न इच्छा राखेको र त्यसलाई बाङ्लादेशले स्वागत गरेको भनिएको छ।

ढाकास्थित नेपाली राजदूत वंशिधर मिश्रले हवाई सेवा सञ्चालन भएको खण्डमा उत्तर पूर्वी बाङ्लादेशका २ करोड नागरिकले नेपालमा सहजै आवतजावत गर्न सक्ने बताए ।

राष्ट्रपति भण्डारीले बांग्लादेशकी प्रधानमन्त्रीलाई विश्वकै एक प्रेरणादायी महिला नेतृ भनेको बाङ्लादेशको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय