scheduleमगलवार श्रावण १९ गते, २०७८

पत्रकार महासङ्घ युरोपका अध्यक्षमा परियार

भगवान गिरी/पोर्चुगल, १४ चैत । नेपाल पत्रकार महासङ्घ युरोप शाखाका अध्यक्षमा प्रेमबहादुर परियार सर्वसम्मत चयन भएका छन् । शाखाको चौथो अधिवेशन सप्पन्न भएको एक महिनापछि मात्र निर्वाचन गर्नुपर्ने केन्द्रको नीतिअनुसार शुक्रबार निर्वाचनको तालिका तोकिएको थियो । शाखामा ५९ साधारण सदस्य छन् ।

कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती, उपाध्यक्षमा राजकुमार थापा, रविचन्द्र भट्टराई, प्रेमचन्द्र पोमु, वाइबी गुरुङ, दिल निशानी मगर, जङ्गम खड्का र दीपेन्द्र गजुरेल, महासचिवमा द्रोण रिजाल, सचिवमा म्हेन्दो वाइवा, शेरबहादुर परियार, सरला कट्टेल, कलश खरेल र कमल पराजुली तथा कोषाध्यक्षमा इन्दिरा चाम्लिङ रहेका छन् ।

यसैगरी सदस्यमा वीरमान घर्ती, युवराज फुयाँल, दिनेश गौतम, गोमा खरेल, निराजन श्रेष्ठ, कृष्ण तिवारी, शान्ति अर्याल, अनिल पौडेल, भेषबहादुर सञ्जु काउचा, रमेशराज बाँस्तोला, ल्हाक्पातेञ्जी शेर्पा र किशोर लिम्बू रहनुभएको छ ।शाखाका संरक्षकमा पुष्प बरुवाल, पञ्चम अधिकारी र राजकुमार दिक्पाल चयन भएका छन् ।

नयाँ कार्यसमिति गठनका लागि पत्रकार महासङ्घ केन्द्रीय समितिका सदस्य राजेश चाम्लिङ राईका संयोजकत्वमा डा उदयदेव आचार्य सदस्य सचिव रहेको निर्वाचन समिति गठन गरिएको थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय