scheduleआइतवार आश्विन ३ गते, २०७८

चीनमा ३ हजार वर्ष पुरानाे सुनकाे मास्क भेटियाे

एजेन्सी, १३ चैत । चीनकाे सिचुआन प्रान्तमा ३ हजार वर्ष पुरानाे सुनकाे मास्क फेला परेकाे छ । उक्त प्रान्तकाे एउटा पुरातात्विक क्षेत्रमा उत्खनन गर्दा सुनकाे मास्क फेला परेकाे हाे ।
सिचुआनमा फेला परेकाे सुनकाे मास्ककाे ताैल २ सय ८० ग्राम रहेकाे छ । फेला परेकाे मास्क ८४ प्रतिशत सुनले बनेकाे चिनियाँ अधिकारीहरुले बताएका छन् ।
हालै फेला परेका ६ वटा धार्मिक प्रयाेजनका लागि प्रयाेग गरिएका खाडल (sacrificial pits) उत्खनन गर्ने क्रममा उक्त मास्क फेला परेकाे चीनकाे राष्ट्रिय साँस्कृतिक सम्पदा विभागले जनाएकाे छ । विभागका अधिकारीहरुका अनुसार मास्कसहित अन्य ५ सय वस्तु फेला परेका छन् ।
सुनकाे मास्कसहित फेला परेका अन्य प्राचीन वस्तुमार्फत् इसा पूर्व ३१६ सम्म पश्चिमी सिचुआनकाे एक उपत्यकामा अस्तित्वमा रहेकाे शु राज्यबारे थप जानकारी हासिल हुने केही विज्ञले बताएका छन् ।
सन् १९२० काे दशकयता सिचुआनमा हालसम्म ५० हजारभन्दा बढी प्राचीन वस्तु फेला परिसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय