scheduleबिहिवारबैशाख ९ गते, २०७८

बोरिस जोनसनबारे पूर्व प्रेमिकाले गरिन् सनसनीपूर्ण खुलासा

एजेन्सी, १५ चैत । अमेरिकी महिला व्यवसायी जेनिफर आर्कुरीले बेलायती प्रधानमन्त्री बाेरिस जाेनसन र आफूबीच ४ वर्षसम्म अफेयर चलेकाे खुलासा गरेकी छन् ।

हाल ३५ वर्षकी जेनिफरले सनडे मिररसँग कुरा गर्दै आफू र प्रधानमन्त्री जाेनसनबीच ४ वर्षसम्म गहिराे अफेयर चलेकाे बताएकी हुन् । उनका अनुसार दुबैजनाबीच सन् २०१२ देखि २०१६ सम्म अफेयर चलेकाे थियाे । साे अवधिमा आफू जाेनसनकाे मायाजालमा परेकाे समेत जेनिफरले स्वीकारेकी छन् ।

हाल ५६ वर्षका जाेनसनले लण्डनकाे मेयर हुँदादेखि नै आफूलाई बेलाबेला भेट्ने गरेकाे र सम्बन्धबारे चर्चा हुन थालेपछि हप्ताकाे एकपटक आफूहरुबीच कुराकानी तथा भेटघाट हुने गरेकाे पनि जेनिफरले बताइन् । अफेयर चलेका बेला जाेनसनलाई आफूले ‘सिकन्दर महान’ भनेर सम्बाेधन गर्ने गरेकाे समेत उनेकाे भनाइ छ ।

साथै, जाेनसनप्रति शारीरिक तथा बौद्धिक रुपमा आकर्षित भएकाे र जाेनसनले झैं आफूले पनि शेक्सपियरलाई मन पराउने समेत जेनिफरले खुलासा गरिन् । जेनिफरसँग अफेयर चलेका बेला जाेनसन आफ्नी पूर्वपत्नी मारिना विलरसँग बस्ने गर्थे । हाल उनी र मारिनाबीच सम्बन्ध विच्छेद भइसकेकाे छ ।

त्यस्तै, अफेयरका क्रममा जाेनसनले कामुक तस्विर पठाउनका लागि अनुराेध गर्ने र आफूले अर्धनग्न तस्विर पठाउने गरेकाे समेत जेनिफरले बताइन् । तर सन् २०१९ पछि भने जाेनसनप्रतिकाे आफ्नाे भावना परिवर्तन भएकाे समेत उनेका भनाइ छ ।

सन् २०१९ मा सम्बन्धबारे सार्वजनिक रुपमा चर्चा हुन थालेपछि जाेनसनले साथ नदिएका कारण भावनामा परिवर्तन आएकाे भन्दै जेनिफरले भनिन्, ‘हामी दुबैजना ४ वर्षसम्म गहिराे सम्बन्धमा थियाैं र मैले उनलाई राम्रै मनले माया गर्थेँ तर मैले बुझेकाे भनेर ठानेकाे मान्छेका लागि मेराे मनमा कुनै स्थान छैन।’ जाेनसन झ्याउलाग्दाे र कायर मानिस भएकाे पनि उनकाे भनाइ छ ।

जेनिफरका अनुसार उनी र जाेनसनबीच सन् २०११ मा पहिलाे भेट र कुराकानी भएकाे थियाे । त्यतिबेला जेनिफर बिजनेसकाे विद्यार्थी थिइन् । लण्डनकाे मेयरका लागि पुन: चुनावमा उठेपछि जेनिफर समेत जाेनसनकाे चुनावी अभियानमा स्वयंसेवी बनेकी थिइन् । उक्त भेटपछि दुबै जनाले सम्पर्क नम्बर साटासाट गरेका थिए ।

जेनिफरले जाेनसनसँगकाे पहिलाे डेटिङबारे समेत खुलासा गरेकी छन् । पहिलाे डेटमा जाेनसन ढिलाे गरी, कपालै नकाेरी र हतारहतारमा आएकाे समेत उनले दाबी गरिन् । साथै जाेनसनसँग आफ्नै फ्ल्याटमा पहिलाे याैन सम्पर्क गरेकाे पनि उनले खुलाइन् । उनका अनुसार दुबैजनाबीच पहिलाे याैन सम्पर्क सन् २०१२ काे लण्डन प्याराओलम्पिक सुरु हुनु केही घण्टा अगाडि भएकाे थियाे ।

याैन सम्पर्कपछि जाेनसनले फ्ल्याट छाेड्न नचाहेकाे र आफूले नै जाेड गरेर उनलाई पठाएकाे पनि जेनिफरले बताइन् । त्यसकाे केही घण्टापछि जाेनसन आफ्नी पूर्वपत्नी मारिना, राजकुमारी आन र केट मिडलटनसँगै टिभीमा देखिएका थिए ।

जेनिफरका अनुसार उनी र जाेनसनकाे सम्बन्ध सन् २०१६ मा अन्त्य भएकाे थियाे । साेही वर्षकाे अन्त्यतिर जेनिफर र हाल उनका पति म्याथु हिकीबीच भेट भएकाे र उनी गर्भवती बनेकी थिइन् ।

सन् २०१९ मा जेनिफर र जाेनसनबीचकाे तथाकथित सम्बन्धबारे प्रश्न उठेकाे थियाे । जाेनसनले जेनिफरकाे व्यवसायप्रति विशेष प्राथमिकता दिएकाे आराेप लागेपछि दुवैजनाकाे सम्बन्धले व्यापक चर्चा पाएकाे थियाे । तर उक्त आराेपका लागि कुनै प्रमाण नपाएपछि जाेनसन जाेगिएका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay