scheduleबिहिवारबैशाख ९ गते, २०७८

चर्चित लेखक तथा दार्शनिक फुकोले ‘पैसा दिएर बालबालिकासँग यौन सम्पर्क’ गर्थे

एजेन्सी, १७ चैत । मिचेल फुको वौद्धिक तथा दार्शनिक वृत्तमा निकै सुपरिचित नाम हो । फुकोलाई दार्शनिक, समालोचक र राजनीतिक अभियन्ता लगायतका नामबाट समेत धेरैले चिन्ने गर्छन् ।
सन् १९२६ मा फ्रान्सको पोइटियर्समा फुकोको जन्म भएको थियो । उनका बाबुआमा उच्च-मध्यम वर्गका थिए । युवा अवस्थादेखि नै दर्शनशास्त्रमा चासो देखाएका उनले दोस्रो विश्वयुद्ध पछिको वौद्धिक तथा प्राज्ञिक आन्दोलनमा महत्वपूर्ण योगदान गरेका थिए ।
फुकोका विचारहरु प्राय: शक्ति तथा ज्ञानबीचको सम्बन्ध र यस्तो सम्बन्धलाई सामाजिक संस्थामार्फत् कसरी सामाजिक नियन्त्रणको माध्यमका रुपमा प्रयोग गरिन्छ भन्नेबारेमा केन्द्रित छन् ।
कतिपयले उनलाई संरचनावादी र उत्तरआधुनिकतावादी भनेर समेत सम्बाेधन गर्छन् । तर उनले यी विशेषतालाई सँधै अस्वीकार गर्थे । उनका विचारबाट विभिन्न क्षेत्रका लेखक तथा प्राज्ञहरु प्रभावित छन् । विशेष गरी सञ्चार अध्ययन, मानवशास्त्र, मनोविज्ञान, समाजशास्त्र, साँस्कृतिक अध्ययन, साहित्यिक सिद्धान्त, नारीवाद, मार्क्सवाद र समालोचना जस्ता क्षेत्र उनका विचारबाट निकै प्रभावित छन् ।
तर फुकोमाथि उनका एकजना विद्वान साथीले गम्भीर आरोप लगाएका छन् । फ्रेन्च-अमेरिकी प्राध्यापक गुइ सोरमनले फुको ‘बाल यौन दुराचारी र बलत्कारी’ भएको बताएका छन् । द सनडे टाइम्स सँग कुरा गर्दै सोरमनले फुकोमाथि यस्तो आरोप लगाएका छन् ।
सोरमनले द सनडे टाइम्ससँगको एक अन्तर्वार्तामा बोल्दै फुको ट्युनिसियामा रहेको बेला बालबालिकामाथि यौन दुर्व्यवहार गरेको बताएका हुन् । सन् १९६९ मा फुको ट्युनिसियामा थिए । त्यतिबेला फुकोलाई भेट्न आफू ट्युनिसिया गएको र सोही क्रममा बालबालिकामाथि उनले गर्ने गरेको व्यवहार थाहा पाएको सोरमनले बताएका छन् ।
‘साना-साना बालबालिकाहरु अनि मलाई पनि लैजानु भन्दै फुकोका पछाडि दगुरिरहेका थिए’, सोरमनले उक्त अन्तर्वार्तामा भनेका छन्, ‘ती बालबालिकाको उमेर ८-१० वर्षका थिए, उन (फुको) ले बालबालिकालाई पैसा फालिरहेका थिए र सँधै भेट्ने स्थानमा १० बजे राति भेटौं है त भन्थे ।’
‘उनले भर्खरका केटाहरुसँग समाधिस्थलमा यौन क्रियाकलाप गर्थे र सहमतिको कुरा खासै उठ्ने थिएन’, सोरमनले थपे ।
उक्त व्यवहारमा जातीयताको तत्व मिसिएका कारण यसबाट फुको उम्किन सकेको पनि सोरमनले बताए । उनले भने- ‘फुकोसँग यस्तो कुरा फ्रान्समा गर्ने आँट थिएन। यसभित्र औपनिवेशिक आयाम छ- एउटा स्वेत साम्राज्यवाद छ ।’
साथै, साेही अन्तर्वार्तामा नैतिक हिसाबले अति कुरुप व्यवहारबारे प्रहरीलाई जानकारी नगराएकोमा आफूलाई पश्चाताप लागेको समेत सोरमनले बताएका छन् ।
स्मरणीय के छ भने सहमतिमा हुने कुनै पनि यौन व्यवहारलाई फुकोले अपराध ठान्दैनथे । प्रौढ र बालबालिका वा कम उमेरका व्यक्तिबीच सहमतिमा हुने यौन क्रियाकलापको सशक्त वकालत गर्थै । यस खाले यौन क्रियाकलापमा संलग्न हुने दुबै पक्षका लागि मुक्तिको संकेत मान्थे । बालबालिकाले समेत यौन क्रियाकलापका लागि सहमति दिन सक्छन् भन्ने उनको तर्क थियो ।
सन् १९७७ मा जाँ पाल सार्त्र, ज्याक डेरिडा लगायतका वौद्धिकसँग मिलेर फ्रान्सेली संसदसमक्ष एउटा प्रस्ताव पेश गर्दै सहमतिमा हुने सबै खाले यौन क्रियाकलापलाई वैधता दिनुपर्ने माग गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay