scheduleबिहिवारबैशाख ९ गते, २०७८

शिक्षा राम्रो हुन शिक्षक राम्रो हुनुपर्छः प्रम ओली

काठमाडौं, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भएको बताएका छन् ।

राजधानीमा विहिबार गरिएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली नेपालको आवश्यकता अनुसारको शिक्षा आवश्यक भएको बताएका हुन् । उनले शिक्षा राम्रो हुनका लागि शिक्षक पनि राम्रो हुनु पर्ने बताउँदै शिक्षा विकासको आधार भएको बताए । प्रधानमन्त्री ओलीले विगतमा शिक्षा क्षेत्रमा परिवर्तन गर्न खोजीए पनि खासै परिवर्तन नभएको उल्लेख गर्दै प्राविधिक शिक्षलाई प्राथमिकताका साथ अगाडि लैजानुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारले विकासका गतिविधि मात्रै नभएर शिक्षा स्वास्थ्य लगायत विकास निर्माणका नयाँ योजनाको सुरुवात गरेको बताए । उनले मेलम्चि खानेपानीको सपलता लगायत थुप्रै योजनामा सरकारले सफलता पाएको जानकारी गराए । उनले बाटो, ढल र विद्युतको तालमेल मिलाउदै विकासको गतिलाई अघि बढाउनुपर्ने बताए । उनले निर्माणका कुरामा इतिहास झलकिने र आधुनिकता टल्ने हुने पर्ने बताउदै समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना गरिएको बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay