scheduleबुधवार बैशाख २९ गते, २०७८

आलिया भट्टलाई पनि कोरोना संक्रमण, ‘सुरक्षित रहन’ सबैलाई आग्रह

एजेन्सी, २० चैत । बलिउड अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण भएको छ । कोरोना पोजिटिभ देखिएको समाचार बाहिर आएको केही घण्टापछि आलिया आफैंले यसको पुष्टि समेत गरेकी छन् ।

‘सबैलाई नमस्कार, परीक्षणका क्रममा मलाई कोरोना पोजिटिभ देखिएको छ । मैले तत्कालै आफूलाई आइसोलेशनमा राखेकी छु र घरमै क्वारेन्टाइनमा बस्ने छु’, आलियाले आफ्नो इन्स्टाग्राममा लेखेकी छन् ।

त्यस्तै आफूलाई कोरोना पोजिटिभ देखिएपछि आलियाले आफ्ना फ्यानलाई सुरक्षित रहन समेत आग्रह गरेकी छन् । ‘मेरा डाक्टरको सल्लाह अनुसार मैले सुरक्षाका सबै मापदण्ड पालना गरिरहेकी छु । तपाईंहरुको माया र सहयोगका लागि आभारी छु । कृपया, सुरक्षित रहनुहोस् र आफ्नो ख्याल गर्नुहाेस् ।’

केही दिन अगाडी उनका प्रेमी तथा अभिनेता रणवीर कपुर कोरोनाबाट संक्रमित भएको खबर बाहिरिएको थियो । बलिउडका कलाकारहरु आमिर खान, कात्तिक आर्यन, विक्रान्त मैसे, मनोज बाजपेयी, तारा सुतारिया संक्रमित भइसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय