scheduleबुधवार आश्विन ६ गते, २०७८

कोभिड– १९ खोपका लागि नेपाललाई विश्व बैंकको आठ अर्ब ७० करोड रुपैयाँ सहयोग

काठमाडौं, २० चैत । विश्व बैंकले नेपाललाई कोभिड– १९ को खोपका लागि आठ अर्ब ७० करोड रुपैयाँबराबरको सहयोग गर्ने भएको छ ।

शुक्रबार अर्थ मन्त्रालयमा विश्व बैंक र नेपाल सरकारबीच ७ दशमलव पाँच करोड अमेरिकी डलर अर्थात् आठ अर्ब ७० करोड रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरे ।

कोभिड– १९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्नका लागि मन्त्रालयमा भएको कार्यक्रममा हस्ताक्षर भएको हो ।

हस्ताक्षर कार्यक्रममा जार्भोसले कोभिड– १९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरूको समतामूलक र द्रुत पहुँच विस्तार गरी नागरिकको जीवन रक्षा गर्न र उत्थानशील पुनर्लाभ प्राप्त गर्न यो रकम सहयोगी हुने प्रतिवद्धता जनाएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय