scheduleसोमवार आश्विन ११ गते, २०७८

छोरी जन्माएको २ महिनापछि अनुश्का किन फर्किइन् काममा ? पुरानो भिडियो भाइरल

काठमाडौं, २१ चैत । बलिउड अभिनेत्री अनुश्का शर्माले क्रिकेटर विराट कोहलीसँग विवाह हुनुपूर्व एक भिडियोमा भनेको कुरा यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडियो सन् २०१२ को हो । उक्त भिडियोमा अनुश्काले विवाह आफ्नो लागि निकै महत्वपूर्ण भएको र विवाहपछि काममा नफर्कने बताएकी छन् ।

‘निकै महत्वपूर्ण छ । म विवाह गर्न चाहन्छु, बच्चा जन्माउन चाहन्छु । जब मेरो विवाह हुन्छ तब म संभवत काममा फर्किन्न होला’, हाल सामाजकि सञ्जालमा भाइरस बनिरहेको पुरानो भिडियोमा शर्माले भनेकी छन् । ‘तपाईंका लागि विवाह महत्वपूर्ण छ ?’ भनेर सोधिएको प्रश्नको जवाफ दिँदै उनको उक्त कुरा ९ वर्षअघि भनेकी थिइन्।

कोहलीसँगको विवाहपछि एक छोरी जन्माएकी अनुश्का पुन: आफ्नो पेशामा फर्किएपछि पुरानो भिडियो भाइरस बनेको हो । विवाहपछि संभवत: काममा नफर्किने भनेकी उनले हालै एउटा विज्ञापनमा अभिनय गरेको समाचार समेत बाहिर आएको छ ।

बत्तीस वर्षीया अनुश्का विवाहपछि झण्डै २ वर्षसम्म सार्वजनिक रुपमा खासै खुलेकी थिइनन् । तर छोरी जन्माएको २ महिनापछि नै पुन: कामलाई निरन्तरता दिएपछि उनको निकै चर्चा हुन थालेको छ ।

समाचार अनुसार अनुश्काले केही समयपछि २ वटा फिल्ममा अभिनय गर्दैछन् । उनी नवदिप सिंहको निर्देशनमा बन्न लागेको ‘कनेडा’ र भारतीय महिला क्रिकेटर झुलन गोस्वामीको जीवनीमा आधारित एक फिल्ममा देखिँदैछन् ।

तर विवाहपछि काम नगर्ने भनेकी अनुश्काले छोरी जन्माएको २ महिनामा नै काममा फर्कनुको कारण भने प्रस्ट भइसकेको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय