रेज रुम: जहाँ गएर तपाईं तोडफोडका साथ रिस पोख्न सक्नुहुन्छ
के तपाई रिसाएर, तोडफोड गरेर कुनै पनि तनाव वा डिप्रेशनबाट निको हुन सक्नुहुन्छ ? सुन्द अनौठो लाग्न सक्छ, तर यो अद्वितीय प्रयोग दक्षिण अफ्रिकाको जोहान्सबर्ग शहरमा भइरहेको छ ।
कोरोना महामारीको समयमा थुप्रै व्यक्ति डिप्रेसनको शिकार भएका छन् । यस्तो अवस्थामा, मानिस भित्र क्रोध र निराशा हटाउनका लागि भन्दै त्यहाँ एउटा ‘रेज रूम’ बनेको छ ।
उक्त कोठामा गएर मानिसहरु आफ्नो रिस पोखेर रिस शान्त पार्न सक्छन् । त्यस कोठामा मानिसहरुलाई सामानहरु तोडफोड गर्ने अनुमति पनि छ ।
यद्यपि धेरै विशेषज्ञहरूले यसलाई सही तरीकाको रुपमा लिएका छैनन् । यो डिप्रेसनसँग सामना गर्ने कुनै स्थायी उपचार नभएको उनीहरुको भनाइ छ ।