scheduleसोमवार आश्विन ११ गते, २०७८

अक्षय कुमारमा कोरोना पोजिटिभ, सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न आग्रह

काठमाडौं, २२ चैत । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयले इन्स्टाग्राममार्फत् आफू कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएका हुन् ।

अक्षयले कोरोना भाइरसबाट संक्रमित भएपछि आफू होम क्वारेन्टाइनमा बसेको र आवश्यक मेडिकल सहयोग लिइरहेको बताएका छन् । ‘आज बिहान मेरो कोरोना परीक्षण पोजिटिभ आएको छ’, उनले इन्स्टाग्राममा एक पोष्ट गर्दै भनेका छन् ।

‘सबै मादपण्डलाई ध्यानमा राख्दै एक्लै बसेको छु । म होम क्वारेन्टाइनमा छु र आवश्यक मेडिकल सहयोग लिइरहेको छु’, अक्षयले आफ्नो पोष्टमा लेखेका छन्, ‘मेरो सम्पर्कमा आएका सबै मानिसलाई आफ्नो परीक्षण गर्न र सावधानी अपनाउन मेरो आग्रह छ । चाँडै नै काममा फर्किने छु ।’

बलिउडमा निकै व्यस्त मानिने अक्षयले गत वर्षको लडडाउनमा समेत लगातार शुटिङ गरिरहेका थिए । केही समयदेखि उनी बच्चन पांडे, राम सेतु, रक्षा बन्धन, सूर्यवंशी र पृथ्वीराजको शुटिङमा व्यस्त छन् ।

पछिल्लो समय कोरोना भाइरसबाट एक पछि अर्को गर्दै भारतीय कलाकारहरु संक्रमित भइरहेका छन् । टेलिभिजन सिरिलय अनुपमाकी अभिनेत्री रुपाली गांगुली तथा अभिनेता सुधांशु पांडेमा पनि कोरोना पोजिटिभ देखिएको छ । त्यस्तै बलिउड अभिनेता कार्तिक आर्यन, आमिर खान, परेश रावल र अभिनेत्री आलिया भट्ट समेत भाइरसबाट संक्रमित भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय