scheduleबिहिवारबैशाख ९ गते, २०७८

रामचन्द्र पौडेल र महन्थ ठाकुरबीच एक घण्टा छलफलः संयुक्त सरकारमा जान ठाकुर तयार

काठमाडौं, २२ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच एक घण्टा छलफल भएको छ ।

आइतवार अध्यक्ष ठाकुरलाई पौडेल उनकै निवास हात्तिवनमा पुगेका उनको सचिवालयले पुष्टि गरेको छ ।

पौडेल र ठकुरबीच समसामयिक राजनीति र नयाँ सत्ता समीकरण विषयमा छलफल भएको र छलफलका क्रममा ठाकुर सकारात्मक भएको स्रोतले जनाएको छ ।

छलफलमा पौडेलले ठाकुरसँग कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बनृनुपर्ने प्रस्ताव गरेका थिए ।

त्यसका लागि तीनै दलका शीर्ष नेता बसेर टुंगोमा पुग्न प्रस्ताव गर्दै पौडेलले तीन दलका बीचमा केही असहमति भए छलफलबाटै हल गर्न प्रस्ताव गरेका थिए ।

पौडेलको प्रस्तावमा अध्यक्ष ठाकुरले आफू सकारात्मक भएको जवाफ दिएका थिए । अध्यक्ष ठाकुरले छलफलमा कांग्रेसको निर्णय र माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएकोबारे जिज्ञासा राखेका थिए ।

पौडेलले कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको र त्यसमा माओवादी केन्द्र र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि सकारात्मक रहेको भन्दै छिटो निकास दिनुपर्ने बताएका थिए ।

शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको थियो । त्यसपछि कांग्रेसका नेताहरु सरकार गठनका लागि सक्रिय बनेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay