scheduleबुधवार बैशाख २९ गते, २०७८

चलचित्र निर्देशक तथा निर्माताहरुलाई नेपाल चलचित्र निर्देशक समाजको सम्मान

काठमाडौं, २२ चैत । नेपाल चलचित्र निर्देशक समाजले निर्देशक तथा निर्माता हेमबहादुर लामालाई सम्मान गरेको छ । समाजको १३ औं साधारण सभामा लामासँगै अन्य निर्देशकलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले निर्देशक युवराज लामा, रमेश बुढाथोकी, प्रकाश सायमी र नारायण पूरीलाई सर्जक सम्मान गरे ।

त्यस्तै युवा सम्मानमार्फत निर्देशक ऋषि लामिछाने, दीपाश्री निरौला, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा समाजले अक्षयकोषको घोषणा गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय