scheduleआइतवार जेष्ठ २ गते, २०७८

डा. भट्टराईले गरे आफूलाई कखरा सिकाउने गुरुको शालिक अनावरण

गोरखा, २३ चैत । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलाई कखरा सिकाउने शिक्षकको शालिक अनावरण गरेका छन् ।

डा. भट्टराईले सोमबार गोरखा पुगेर आफ्नो पहिलो अनौपचारिक शिक्षक भक्तबहादुर भुजेलको शालिक अनावरण गरेका हुन् । उनले शिक्षक भुजेलबाट कखरा सिकेका थिए ।

उनले शालिक अनावरणसँगै शिक्षक भुजेलको योगदानको कदर गरे । गोरखाको खोप्लाङस्थित विन्दाबासिनी आधारभूत विद्यालय हातामा बनेको शालिक अनावरण लगत्तै उनले शिक्षक, विद्यार्थी र अभिभावकहरुसँग अन्तरक्रिया पनि गरेको भट्टराईका स्वकिय सचिव रोशन पोखरेलले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय