scheduleबुधवारबैशाख ८ गते, २०७८

रविन्द्र मिश्रले भने – राजनीतिक खिचातानीले देशलाई नै लज्जित बनायो

काठमाडौं, २३ चैत । पछिल्लो समय विकसित राजनीतिक खिचातानीले देशलाई नै लज्जित बनाएको विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले बताएका छन् ।

विवेकशील साझा पार्टीको सञ्चार तथा सूचना प्रविधि विभागले गरेको कार्यक्रममा उनले अहिलेको राजनीतिक परिघटनाले देशलाई नै लज्जित बनाएको बताए ।

अहिले भइरहेको गतिविधि देशको स्वाभिमानको हित विपरित भएको भन्दै उनले अहिलेको स्थितिमा पनि राजनीति जुन किसिमबाट अगाडि बढिरहेको छ, त्यो अत्यन्त निन्दनीय र लज्जास्पद रहेको बताए ।

यो देशको स्वाभिमानको हित विपरित र राष्ट्रहित विपरित रहेको उनले बताए ।

मिश्रले संविधानले तय गरे अनुरुप सुसंस्कृत रुपमा देशको सरकार परिवर्तन हुनुपर्छ भन्नेमा आफ्नो पार्टी दृढ रहेको भन्दै उनले तर अहिलेका गतिविधि संविधान विपरित रहेको बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay