scheduleबुधवारबैशाख ८ गते, २०७८

एमाले छिरेका पाँच मन्त्रीहरूको सांसद पद खोस्दै माओवादी केन्द्र

काठमाडौं, २४ चैत । नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका ५ मन्त्रीहरुको सांसद पद खोस्ने काम अन्तिम चरणमा पुर्‍याएको छ । सांसद पद गुमाउँदै गरेका मन्त्रीहरुमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ५ जना नेताहरु रहेका छन् ।

माओवादी केन्द्रले कारवाहीको अन्तिम तयारी गरेको नेताहरुमा बादलसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी रहेका छन् ।

यसअघि माओवादी केन्द्रले यी पाँचै नेताहरुलाई स्पष्टीकरण सोधिसकेको छ । ती नेताहरुले कुनै जवाफ पठाएका छैनन् । पार्टीले कारबाहीको पत्र तयार पारिरहेको र सोमबार साँझसम्म सबै मन्त्रीहरुको हातमा उक्त पत्र पुर्‍याउने माओवादी केन्द्रको तयारी रहेको एक नेताले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay