scheduleबुधवारबैशाख ८ गते, २०७८

बागमती प्रदेशमा पनि बन्यो समानान्तर एमाले पार्टी, अष्टलक्ष्मीलाई नेतृत्व

ओलीसँग आत्मसमर्पण नगर्ने नेपालको प्रतिवद्धता

काठमाडौं, २४ चैत । नेकपा (एमाले) वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले वाग्मती प्रदेशमा समानान्तर कमिटी बनाएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १ सय ७५ सदस्यीय कमिटी घोषणा गरिएको हो । कमिटीको सहसंयोजकमा केदार न्यौपाने र पशुपति चौलागाईं रहेका छन् । त्यस्तै, सचिवमा रचना खड्का चयन भएकी छिन् । कार्यक्रममा नेता नेपालले १७५ सदस्यीय प्रदेश कमिटीको शपथ ग्रहण गराए ।

कार्यक्रममा बोल्दै नेता नेपालले वडा तहसम्म समानान्तर कमिटी बनाउने उद्घोष गरे । उनले ओलीसँग आत्मसमर्पण गरेर जान नहुने भन्दै सकारात्मक शक्तिसँग एकताबद्ध भएर जान चाहेको उल्लेख गरे ।

उनले सांसद पद जाने प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट नतर्सिने समेत उल्लेख गरे । सांसद पद ओलीले संसद् विघटन गर्दा नै गएको र सर्वोच्च अदालतको फैसलाले फर्किएको उनको भनाइृ छ । नेता नेपालले छिट्टै मध्यावधि चुनाव हुने सुनेको भन्दै ओलीले के–के गर्छन् हेर्न बाँकी रहेको तर्क गरे । आफुहरुलाई माओवादीसंग निकट रहेको भन्दै ओलीले इमोशनल व्ल्याकमेल गरेको नेता नेपालले बताए । उनले पार्टीलाई नयाँ ढंगले एकताबद्ध रुपमा अघि बढाउने जिकिर गरे ।

खनाल–नेपाल समूहले वाग्मती प्रदेशअन्तर्गतका १३ जिल्लामा समानान्तर कमिटी पनि बनाएको छ । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालसहित ४ जना नेतालाई पार्टीबाट निलम्बन गरेपछि नेपाल समूहले समानान्तर कमिटी बनाउने रणनीति बनाएको छ । जसअनुसार उक्त समूहले २०७५ जेठ २ गते अघिको कमिटीलाई क्रियाशील बनाइरहेको दाबी गर्दै आएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay