scheduleबुधवारबैशाख ८ गते, २०७८

बादलहित माओवादी केन्द्रका ७ मन्त्रीलाई कारवाही: पार्टीबाट निष्काशित, सांसद पद खोसियो

काठमाडौं, २४ चैत । गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका ७ मन्त्री कारवाहीमा परेका छन् । नेकपा माओवादी केन्द्रले पार्टी त्यागेको करिव एक महिनापछि सात मन्त्रीहरुलाई कारवाही गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभू साह, उर्जामन्त्री टोपबहादुर रायमाझी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, खेलकुदमन्त्री दावा लामा र खानेपानी मन्त्री मणि थापालाई पार्टीबाट निष्काशन गर्ने निर्णय छ ।

बादल, भट्ट, साह, चौधरी र रायमाझीको सांसद पदसमेत खोस्ने निर्णय भएको र उनीहरुलाई कारवाहीको पत्र तयार भइसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay