scheduleबिहिवारबैशाख ९ गते, २०७८

कोरोना अपडेटः २६० संक्रमित थपिए, ११३ जना डिष्चार्ज

काठमाडौं, २४ चैत । नेपालमा मंगलवार थप २६० जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार ४७० पुगेको छ ।

त्यस्तै थप ११३ जना संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म दुई लाख ७३ हजार ४५५ जना कोरोनामुक्त भएका छन् । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन ।

नेपालमा हालसम्म तीन हजार ३६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

हाल नेपालमा १९ सय ७९ जना आइशोलेशन र ६९ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २२ लाख ९४ हजार ६७ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay