कलाकारको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षका किशोर पक्राउ
काठमाडौं, २४ चैत । कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षका किशोर पक्राउ परेका छन् । उनलाई केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसूर गरेको आरोपमा पर्साको बहुदरमाइ नगरपालिका ५ बस्ने १४ वर्षीय बहुदरमाइ (नाम परिवर्तन) लाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि पर्सा प्रहरी कार्यालयले थप अनुसन्धान सुरु गरेको छ । यसअघि कलाकार सरोज खनाल, दीपाश्री निरौला लगायतका फेसबुक एकाउण्ट ह्याक भएको थियो । उनीहरुको फेसबुक ह्याक भएपछि अनुसन्धान सुरु भएको थियो ।