scheduleबुधवारबैशाख ८ गते, २०७८

चुनावमा म माथि बम प्रहार गर्न खाेज्नेलाई गृहमन्त्री बनाएकोमा पछुतो लागेको छ–प्रचण्ड

काठमाडौं, २४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापा बादललाई गृहमन्मत्री बनाएर आफूले गल्ती गरेको बताएका छन् ।

रुकुम पश्चिम पुगेका दाहालले पार्टीभित्र आफूलाई साथ दिएकालाई अवसर नदिई घेराबन्दी गर्नेलाई पार्टी र सरकारमा अवसर दिएकोमा पछुतो लागेको बताएका छन् ।

संविधानसभाको निर्वाचन २०७० सालमा आफूलाई बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेको स्वीकार गदैए उनले पार्टीप्रति, लाइनप्रति इमानदार भएर लागेका, दुःख गरेका कार्यकर्ताहरूलाई पाखा लगाएकोमा गल्ती गरेको महशुस गरेको बताए ।

फटाहा–फटाहा टाइपका मान्छेहरूलाई प्राथमिकता दिएको जस्तो भएको भन्दै उनले आगामी दिनमा हिजो युद्ध र आन्दोलनमा इमानदारितासाथ लडेका जनता र कार्यकर्तालाई अगाडि बढाउने संकल्प गरे ।

दाहालले संविधान र व्यवस्थामाथिको षड्यन्त्र नरोकिएको पनि दाबी गर्दै प्रतिनिधिसभा जोगिएको तर षड्यन्त्र नरोकिएको बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay