scheduleआइतवार जेष्ठ २ गते, २०७८

माओवादी केन्द्रका २ मन्त्रीले राजीनामा दिने

पोखरा, २५ चैत । गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने तयारी गरेका छन्।

बुधबार बिहान बसेको माओवादी संसदीय दलको दुबै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएसँगै प्रदेश सरकारमा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले राजीनामा दिने तयारी गरेका छन् ।

तर माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता नलिने बताएको छ । सत्ता समीकरणको प्रयासपछि मात्रै समर्थन फिर्ता लिने भएको छ ।

यदि माओवादीले समर्थन फिर्ता लिएमा गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन एमाले बाहेक सबै दल एक ठाउँमा उभिनुपर्छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा माओवादीका १२, नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन् ।

यही राष्ट्रिय जनमोर्चाले मात्रै साथ दिए पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारले निरन्तरता पाउँछ ।

हाल सरकारमा रहेको एमाले २७ सांसदसहित सबैभन्दा ठूलो हो । मनाङबाट स्वतन्त्र चुनाव जितेका सांसद राजीव गुरुङ (दीपक मनाङे)को समर्थन पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय