scheduleबिहिवारबैशाख ९ गते, २०७८

‘सामाजिक सञ्जालमा आफ्नो सबै राम्रो तर अरुको सबै खराब देख्ने मानिस धेरै छन्’

काठमाडौं, २५ चैत । बलिउड अभिनेत्री एवं निमार्ता अनुश्का शर्माले आफ्नो इन्स्टाग्राममा शेयर गरेको स्टोरीबारे सर्वत्र चर्चा भइरहेको छ ।

सामाजिक सञ्जालमा अरु मानिसको मात्रै आलोचना र घृणा गर्ने मानिसहरु हाबी भएको सन्देश दिने स्टिभन बार्टलेटको ट्विटलाई शर्माले आफ्नो इन्स्टाग्राममा राखेकी छन् ।

बार्टलेटको ट्विटमा भनिएको छ- ‘अन्य सबै मानिसको बानी-व्यवहार घातक (नराम्रो) देख्ने तर आफ्नो सबै बानी-व्यवहार राम्रो देख्ने मानिसले सामाजिक सञ्जाल भरिएको छ । यो संसारमा थप आलोचक चाहिँदैन, स्व-सचेतना भएका मानिस चाहिन्छ ।’

शर्माले सामाजिक सञ्जालमा अरुको घृणा र आलोचना गर्ने मानिसप्रति लक्षित गर्दै उक्त ट्विट आफ्नो इन्स्टाग्राममा राखेकी हुन् ।

क्रिकेटर विराट कोहली र शर्माको सन् २०१७ मा इटलीमा भव्य रुपले विवाह भएको थियो । हालै दुबैजनाले छोरी समेत जन्माएका छन् । उनीहरुकी छोरीको नाम वामिमा हो । वामिकाको अर्थ देवी दुर्गा हुन्छ ।

तर कोहली र शर्माले पापाराजीहरुलाई वामिकाको तस्बिर नखिच्न र उपहार नदिन आग्रह समेत गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay