scheduleबिहिवारबैशाख ९ गते, २०७८

नेप्से परिसूचकमा सामान्य गिरावट

काठमाडौं, २५ चैत । बुधबार सेयर कारोबारमा सामान्य गिरावट आएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको हो ।

नेप्से परिसूचकमा सामान्य गिरावट भएपनि ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा केही सुधार देखिएको छ । नेप्से परिसूचक २ दशमलव ८५ अंकले घटेर २ हजार ६ सय ७१ दशमलव ६१ अंकमा आइपुगेको छ भने सेन्सेटिभ इन्डेक्स ०.६२ अंकले बढेर ४ सय ७६ दशमलव ८० अंकमा रोकिएको छ ।

आज कारोबार रकम भने ७ अर्ब नाघ्यो । दिनभर भएका ७५ हजार २६५ कारोबारबाट २१५ कम्पनीका १ करोड ६३ लाख ६६ हजार ४७२ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ७ अर्ब १४ करोड ९० लाख ४८ हजार २०९ रुपैयाँ पुगेको छ ।

तर समूहगत इन्डेक्सहरु धेरै जसो घटेका छन् । व्यापार समूह १६३ अंकले घटेको छ घने जलविद्युत् ३३ दशमलव ०३ अंकले घटेको छ । निर्जिवन बीमा समूह, उत्पादन मूलक जीवन बीमा र लगानी समूहमा रहेको कम्पनीहरुको सेयर मूल्य पनि घटेको छ ।

साथै बैंकिङ समूहको सबइन्डेक्स भने ५ दशमलव २३ अंकले बढेको छ भने होटल तथा पर्यटन २३२ दशमलव ६४ अंकले उकालो लागेको छ । विकास बैंक ४० दशमलव ५२ अंकले उकालो लाग्दा लघुवि१ १०७ दशमलव ४४ अंकले बढेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay