scheduleबिहिवारबैशाख ९ गते, २०७८

वैज्ञानिकलाई ठूलो सफलता: अबदेखि ल्याबमा नै कलेजो उत्पादन गर्न सकिने

एजेन्सी, २५ चैत । वैज्ञानिकले प्रयोगशाला (ल्याब) मा कलेजो बनाउने प्रविधि विकास गरेका छन् । नयाँ प्रविधिको विकाससँगै कलेजोलाई पुन: स्वस्थ बनाउन, मर्मत गर्न तथा उत्पादन गर्न सकिने वैज्ञानिकको भनाइ छ ।

ब्राजिलका वैज्ञानिकले प्रयोगशालामा नै कलेजो उत्पादन गर्ने प्रविधिको विकास गरेका हुन् । साओ पोलो विश्वविद्यालयको बायो साइन्सेसअन्तर्गतको जीनोम एण्ड स्टेम सेल रिसर्च सेन्टरका वैज्ञानिकले ल्याबमा नै कलेजो उत्पादन गर्ने प्रविधि विकास गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

वैज्ञानिकले मुसाको कलेजो प्रयोगशालामा उत्पादन गरेका छन् । ल्याबमा मुसाको कलेजो उत्पादन गरेपछि मानव कलेजो उत्पादन गर्ने प्रक्रियामा उनीहरु लागेका छन् ।

प्रयोगशालामा मुसाको कलेजो उत्पादनसम्बन्धी सफल अनुसन्धानलाई मेटेरियल साइन्स एण्ड इन्जिनियरिङ: सी नामक जर्नलमा प्रकाशित गरिएको छ ।

उक्त अनुसन्धानमा संलग्न लुइस कार्लोज डी कैयर्स जुनियरले मानव शरीरमा प्रत्यारोपण गर्न सकिने कलेजोलाई प्रयोगशालामा उत्पादन गर्न चाहेको बताएका छन् ।

वैज्ञानिकले प्रयोगशालामा कलेजो बनाएर संसारको एउटा समस्याको शतप्रतिशत समाधान खोज्न लागेपछि कलेजोसम्बन्धी रोगबाट ग्रसित मानिसलाई ठूलो राहत हुने अपेक्षा गरिएको छ ।

नयाँ प्रविधिबाट कलेजो प्रत्यारोपणका लागि अन्य मानिसको कलेजोमाथि भर पर्नुपर्ने बिरामीलाई सबैभन्दा बढी फाइदा हुने लुइसको भनाइ छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay