scheduleबिहिवारबैशाख ९ गते, २०७८

नेपाल बाल सङ्गठनको स्थलगत अध्ययन भ्रमण प्रतिवेदन संसदीय समितिबाट पारित

काठमाडौं, २५ चैत । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले नेपाल बाल सङ्गठनको स्थलगत अध्ययन भ्रमण प्रतिवेदन २०७७ पारित गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सभापति निरुदेवी पालको संयोजकत्वमा गरिएको स्थलगत अध्ययन भ्रमण प्रतिवेदन पािरत गरेको हो ।

सङ्गठनले असहाय र अभिभावकविहीन बालबालिकाको संरक्षणमा प्रभावकारी भूमिका निवाह गर्न नसकेको, आफ्नो स्वामित्वमा रहेको स्रोत साधनको संरक्षण गर्न नसकेको, अख्तियारको दुरुपयोग गरेकोलगायत गुनासो आएपछि समितिले स्थलगत अध्ययन गरेको थियो ।

प्रतिवदेनअनुसार हाल नक्सालस्थित बाल मन्दिरमा ८५ बालबालिका रहेका, देशभर १० बालगृह सञ्चालन भएका छन् भने ललितपुर, काभ्रे, दोलखा, कपिलवस्तु, म्याग्दी, मकवानपुर, गोर्खा र सर्लाहीमा गरी ३७८ बालबालिकाले आश्रय पाएका छन् ।

देशका ७६ जिल्लामा नेपाल बाल सङ्गठनको सम्पत्ति रहेको तथा सङ्गठनले भोग चलन गरिरहेको तर दर्ता श्रेस्ता नभएका कारण अन्य सरकारी निकायहरुले प्रयोग गर्न खोजेको तथा प्रयोग गरिरहेका प्रतिवेदनमा उल्लेख छ ।

पारित गरिएको प्रतिवेदनलाई आवश्यक कार्यान्वयनका लागि सम्बन्धीत निकायहरुमा पठाउने निर्णय भएको समिति सभापति पालले बताइन् ।

बाल सङ्गठनभित्र विकृति बढेको भन्दै २०७७ साउन १२ गतेको मन्त्रिपरिषद्को निर्णयले सङ्गठनको पुरानो कार्यसमिति भङ्ग गरी विद्या उपाध्यय न्यौपानेको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay