scheduleबिहिवारबैशाख ९ गते, २०७८

बलात्कारीलाई फाँसीको सजाय माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं, २५ चैत । मुगुको सोरु गाउँपालिका–९ कैलालीकी ९ वर्षीया लक्ष्मी चौलागाईंको बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई फाँसीको सजाय माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

बुधबार काठमाडौंको माइतिघरमा सहभागी बिद्यार्थीहरुले लक्ष्मी चौलागाईको बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई फासीको सजाय माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘संविधानमा टाँसी दे, अपराधीलाई फाँसी दे’, ‘वी वान्ट जस्टिस’, ‘मुगु हत्या छानविन गर’ भन्दै चर्को नाराबाजी गरेका छन् ।

त्यस्तै, प्रदर्शनमा सहभागीहरुले ‘बलात्कारीलाई फाँसी दे’, ‘परिवारलाई उचित क्षतिपूर्तिसहित न्याय दे’, ‘अपराधीलाई फाँसी दे’लगायतका प्लेकार्ड बोकेका थिए ।

यही चैत २१ गते सोरु गाउँपालिका–९ कैलालीकी ९ वर्षीया लक्ष्मी चौलागाईंको बलात्कारपछि हत्या गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay