scheduleबिहिवारबैशाख ९ गते, २०७८

त्रिभुवन आर्मीको शानदार जित, श्रीलंकन टिम ५–१ गोलले पराजित

काठमाडौं, २५ चैत । नेपालको त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप(२०२१ प्ले अफको दोस्रो चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा आर्मीले श्रीलंकन टिमलाई ५–१ गोलले पराजित गरेको हो ।

पहिलो हाफमा २–१ को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा ३ गोल थपेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठले दुई, सन्तोष तामाङ, टंकबहादुर बस्नेत र सुदिल राईले एक–एक गोल गरेका थिए ।

जितसँगै दोस्रो चरणमा पुगेको आर्मीले भारतको बेंगलुरु एफसीसँग अप्रिल १४ मा खेल्नेछ । सन् २०१३ मा स्थापना भएको बेंगलुरुको कप्तान सुनिल क्षेत्री छन् र यो क्लबले २ पटक आई लिग र एक पटक इन्डियन सुपर लिगको उपाधि जितेको छ ।

सन् २०१४ देखि नै लगातार एएफसी कप खेल्दै आएको बेंगलुरु २०१६ मा एएफसी कपको फाइनलमा पुगेको थियो । एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेलेको हो ।

सहिद स्मारक ुएु डिभिजन लिगमा उपविजेता बनेपनि च्याम्पियन मछिन्द्रको लाईसेन्स नहुँदा आर्मीले प्ले अफको मौका पाएको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay