scheduleबुधवारबैशाख ८ गते, २०७८

सामाजिक सुरक्षा ऐन कार्यान्वयन नगर्ने कम्पनीलाई नवीकरण गर्नु हुँदैनः अध्यक्ष सिंखडा

कास्की, २६ चैत । अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष जगत सिम्खडाले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयन नगर्ने रोजगारदाताको कम्पनी सरकारले नवीकरण गर्न नहुने बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेशको बैठकमा बुधबार अध्यक्ष सिम्खडाले यस्तो बताएका हुन् । ‘सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयन नगर्ने रोजगारदाताको कम्पनीलाई नवीकरण गर्न हुँदैन,’ उनले भने, ‘श्रम ऐनमा व्यवस्था भएअनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम् पारिश्रमिक वृद्धि गर्नुपर्ने, साउन १ गतेबाट लागू गनुपर्ने प्रावधानलाई उल्लङ्घन गर्दै तीन वर्षदेखि तलब बृद्धि गरिएको छैन् । हाम्रो संगठन तत्काल महंगीको आधारमा २०७७ साउन १ गतेबाट न्यूनतम् पारिश्रमिक बृद्धि गर्न आग्रह गर्दछ ।’

आफूहरुको माग र लचकतालाई कमजोरीका रुपमा बुझिए सामाजिक सुरक्षा कार्यान्वयन नगर्ने उद्योग तथा प्रतिष्ठान बन्द गरिने पनि उनले बताए ।

उनले भने, ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन नगर्ने उद्योग तथा प्रतिष्ठान मजदुरहरुले बन्द गर्नेछन् ।’

रोजगारादाताहरुले मजदुरको तलब सुविधा बृद्धि गर्न सक्दैनन् उनीहरु अप्ठ्यारोमा छन् भनेर ट्रेड युनियनका नेताहरुले भन्ने गरेको भन्दै अध्यक्ष सिम्खडाले रोजगारदाता र मजदुरका नेता छुट्याउन नसकिने अवस्था बढ्दै गएकोमा रोजगारदाताको दलालीहरुको समेत भण्डाफोर गर्नुपर्नेमा जोड दिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay