scheduleबिहिवारबैशाख ९ गते, २०७८

कस्तो रहला बिहीबार दिनभरको मौसम ?

काठमाडौं, २६ चैत । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालभन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युनचापिय प्रणालीको पनि प्रभाव रहेको छ ।

अहिले देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ भने देशका केही स्थानहरूमा तुंवालो लागेको अवस्था छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू-भागमा मौसम आंशीक बदली रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशका पहाडी भू-भागमा आंशिक देखि समान्य रही बाँकी भू-भागमा मौसम आंशीक बदली रहने छ । पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको साथै देशको तराई र पहाडि भू-भागका केही स्थानहरुमा तुवांलो लागेकोले सो वाट समेत बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay