scheduleबिहिवारबैशाख ९ गते, २०७८

च्याम्पियन्स लिग: एमबाप्पे चम्किँदा बायर्नमाथि पिएसजीको जीत

काठमाडौं, २६ चैत । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जीत निकालेको छ ।

क्वाटरफाइनलअन्तर्गत पहिलो लेगको खेलमा पिएसजीले साविक विजेता जर्मन क्लब बायर्न म्युनिखलाई उसैको मैदानमा ३-२ ले हराएको हो ।

पिएसजीको जीतमा किलियन एमबाप्पेले २ गोल गरे भने मार्किन्होसले १ गोल गरे । बायर्नका एरिक चुपो मोटिङ र थोमस मुलरले १-१ गोल गरे ।

खेलको तेस्रो मिनेटमै एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। २८औं मिनेटमा मार्किन्होसले गोल थपेपछि पिएसजीको अग्रता दोब्बर बन्यो । ३७औं मिनेटमा चुपो मोटिङले गोल फर्काएपछि पहिलो हाफ २-१ मा सकिएको थियो ।

दोस्रो हाफको ६०औं मिनेटमा मुलरले गोल गरेपछि खेल २-२ को बराबरीमा आएको थियो । ६८औं मिनेटमा एमबाप्पेेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-२ को जीत दिलाउन निर्णायक गोल गरे ।

हारपछि बायर्नले दोस्रो लेगमा पिएसजीको मैदानमा कम्तीमा २-० को जीत निकाल्नुपर्ने बाध्यकारी अवस्था बनेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay