scheduleबिहिवारबैशाख ९ गते, २०७८

च्याम्पियन्स लिग: पोर्टोको मैदानमा चेल्सीको सहज जीत

काठमाडौं, २६ चैत । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले जीत निकालेको छ । क्‍वाटरफाइनलअन्तर्गत पहिलो लेगको खेलमा चेल्सीले पोर्टोलाई उसैको मैदानमा २-० ले हराएको हो ।

चेल्सीको जीतमा बेन चिलवेल र मेसन माउन्टले १-१ गोल गरेका थिए । दुवै हाफमा १-१ गोल भएका थिए ।

खेलको ३२औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ८५औं मिनेटमा चिलवेलले गोल थपेपछि चेल्सीको अग्रता दोब्बर बन्यो ।

त्यसपछि कुनै गोल भएनन् र चेल्सी २-० को जीत निकाल्न सफल भयो । पोर्टोले अब दोस्रो लेगमा चेल्सीको मैदानमा कम्तीमा २-० को जीत निकाल्नुपर्ने दबाबमा आएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay