scheduleबिहिवारबैशाख ९ गते, २०७८

दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय श्रृंखला पाकिस्तानले जित्यो

काठमाडौं, २६ चैत । दक्षिण अफ्रिका भ्रमणमा रहेको पाकिस्तानी क्रिकेट टोलीले एकदिवसीय श्रृंखला जितेको छ । गएराति भएको अन्तिम तथा निर्णायक खेलमा २८ रनको जीत निकाल्दै पाकिस्तानले श्रृंखलामाथि कब्जा गरेको हो ।

पाकिस्तानले दिएको ३२१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४९.३ ओभरमा २९२ रनमा अलआउट भयो । उसका लागि जानेमान मलानले ७०, काइल भेरिनले ६२, एल्डिल फेकलुकवायोले ५४ रन बनाएपनि जीतका लागि पर्याप्त हुन सकेन । पाकिस्तानका शाहीन अफ्रिदी र मोहम्मद नवाजले ३-३ तथा हारिस राउफले २, हसन अली र उस्मान कादिरले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२० रन बनाएको थियो । ओपनर फखार जमानले १०१ रनको शतकीय पारी खेलेका थिए भने कप्तान बाबर आजमले ९४, इमाम उल हकले ५७ रन बनाएका थिए । द.अफ्रिकाका केशव महाराजले ३, एडेन मार्करमले २ तथा फेकलुकवायो र जेजे स्मट्सले १-१ विकेट लिएका थिए ।

पहिलो एकदिवसीयमा पाकिस्तानले जीत निकाल्दा दोस्रो खेल दक्षिण अफ्रिकाले जितेको थियो । यी दुई टोलीबीच टी२० श्रृंखला पनि हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay