scheduleबिहिवारबैशाख ९ गते, २०७८

आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा अफ्रिकन रुट्स र नेपाल पुलिस भिड्दै

पोखरा, २६ चैत । पोखरामा जारी १९औं आहा रारा गोल्डकप फुटबलअन्तर्गत आज दोस्रो सेमिफाइनल खेलमा अफ्रिकन रुट्स एसोसिएसन एआरएस र नेपाल पुलिस क्लब आमनेसामने हुँदै छन् । खेल दिउँसो ३ बजेपछि पोखरा रङ्गशालामा सुरु हुनेछ ।

एआरएसले मच्छिन्द्र क्लबलाई २-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो भने पुलिसले थ्रीस्टारलाई ४-० ले हराएर अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो ।

आजको विजेताले उपाधिका लागि संकटा क्लबको सामना गर्ने छ । हिजो भएको पहिलो सेमिफाइनलमा एपिएफलाई हराउँदै संकटा फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा आयोजक सहारा र विदेशी अफ्रिकन रुट एसोसियनको टोलीसहित ८ टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उपाधि विजेताले नगद १० लाख र ट्रफी प्राप्त गर्नेछ । फाइनल खेल आउँदो शनिबार हुने छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay