गाडीको ठक्करबाट पैदलयात्रीको ज्यान गयो
धादिङ, २६ चैत । धादिङको बैरेनीमा गएराति नम्बर नखुलेको गाडीको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा गल्छी गाउँपालिका- ३ का अन्दाजी ६५ वर्षका बुद्धिबहादुर उपरकोटी रहेका छन् ।
मृत्युपछि स्थानीयले ठक्कर दिने गाडीको खोजी गरी कारवाहीको माग गर्दै राति पृथ्वी राजमार्ग बन्द गराएका थिए ।
राजमार्ग बन्द भएपछि हजारौं सवारी साधन जाममा परेका थिए ।
ठक्कर दिएर भाग्ने गाडीको खोजीकार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।