scheduleबिहिवारबैशाख ९ गते, २०७८

पत्रकार महासंघ धादिङमा शर्मा विजयी

धादिङ, २६ चैत । नेपाल पत्रकार महासंघ धादिङको बुधबार सम्पन्न निर्वाचनबाट प्रेस चौतारीका राजाराम शर्मा अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रेस युनियनका पोषनाथ अधिकारीले ३७ मत प्राप्त गरेका छन् ।

धादिङमा प्रेस चौतारी, प्रेस संगठन र प्रेस मञ्चबीच चुनावी तालमेल भएको थियो । निर्वाचनबाट उपाध्यक्षमा सानुबाबु तिम्लसिना, महिला उपाध्यक्षमा सरिता श्रेष्ठ, सचिवमा रामबहादुर ठकुरी (आशिष), सहसचिवमा उपेन्द्र जम्कटेल, समावेशी सहसचिवमा राजाराम डंगोल र कोषाध्यक्षमा शिवप्रसाद देवकोटा विजयी भएका छन् ।

त्यस्तै जिल्ला शाखा सदस्यमा अस्मिता पोखरेल, उपेन्द्रप्रसाद अधिकारी, विक्रम अधिकारी, रामचन्द्र रुपाखेती, शिवप्रसाद आचार्य र सुमन अधिकारी विजयी भएका छन् । महिा सदस्यमा निरमाया गुरुङ (डोल्मा), आदिवासी जनजाति सदस्यमा अर्जुन कुमार श्रेष्ठ, दलित सदस्यमा अनिल नेपाली, समावेशी सदस्यमा उद्धव चेपाङ र मधेसी सदस्यमा विकास रौनियार विजयी भएका छन् ।

जिल्लामबाट केन्द्रीय परिषद सदस्यमा सुदर्शन खतिवडा, गायत्री खतिवडा, शंकर श्रेष्ठ र सिताराम अधिकारी विजयी भएका छन् । प्रदेश परिषद् सदस्यमा भने अर्जुन खतिवडा, उषा विक, कपिलदेव खनाल, महेश्वर सुवेदी, यशोधा नेपाल, लक्ष्मी भुजेल, राजेन्द्रकुमार बस्नेत, सुनिता सिंखडा र सुशिला अर्याल विजयी भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay