scheduleबिहिवारबैशाख ९ गते, २०७८

भारतमा भयावह भन्दै कोभिड-१९ : एकै दिन सवा लाखभन्दा बढी संक्रमित थपिए

एजेन्सी, २६ चैत । भारतमा एकै दिन सवा लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । कोरोना भाइरसको नयाँ लहर सुरु भएपछि बुधबार यसअघिका सबै रेकर्ड तोड्दै संक्रमितको संख्या १ लाख २५ भन्दा माथि पुगेको हो । त्यहाँ पछिल्लो २४ घण्टामा १ लाख २६ हजार ३१५ जनामा कोरोना संक्रमण देखिएको छ ।

राज्य सरकारको आंकडा अनुसार बुधबार कोरोना भाइरस संक्रमणबाट ६८४ जनाको मृत्य भएको छ । कोभिड-१९ को नयाँ लहरबाट महाराष्ट्र सबैभन्दा प्रभावित बनेको छ । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा झण्डै ६० हजार नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै दिल्लीमा ५ हजार ५०६, उत्तर प्रदेशमा ६ हजार २३ र कर्नाटकमा ६ हजार ९७६ नयाँ संक्रमित थपिएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

लगातार बढिरहेको संक्रमण दरसँगै भारतमा हालसम्म १ करोड २६ लाख मानिस कोभिड-१९ बाट संक्रमित भएका छन् । साथै, सक्रिय संक्रमितको संख्या ९ लाख पुगेको छ । केही समयअघि त्यहाँ करिब १ लाख सक्रिय संक्रमित थिए ।

संक्रमणको दर भयावह हुँदै गर्दा प्रधानमन्त्री नरेन्द्र मोदीले आज राज्य सरकारका अधिकारीहरुसँग छलफल गर्न लागेको समाचारमा उल्लेख छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay