scheduleबिहिवारबैशाख ९ गते, २०७८

अमेरिका र मेक्सिकोको सिमानामा अलपत्र परेका बालकले रुँदै भने …

एजेन्सी, २६ चैत । अमेरिका र मेक्सिकोको सिमानामा सँगै आएको समूहले एक्लै छोडेपछि अलपत्र परेका १० वर्षीय बालकले सहयोगका लागि याचना गरेको भिडियो भाइरल बनेको छ ।

नाम नखुलाइएका ती बालक आफ्नो समूहबाट एक्लिएपछि अमेरिकी र मेक्सिकोको सिमानामा एक्लै भौतारिँद हिडिरहेका थिए । सोही अवधिमा उनलाई अमेरिकाको भन्सार तथा सीमा सुरक्षा विभागका अधिकारीले देखे । अधिकारीलाई देख्नेबित्तिकै ती बालक पनि उनीहरुतर्फ आए ।

यसै क्रममा एकजना अधिकारीले भिडियो खिचे । उक्त भिडियोमा बालकले भिडियो खिचिरहेका अधिकारीसामु आएर रुँदै सहयोगको याचना गरेको देख्न सकिन्छ । साथै, भिडियोमा सिमानामा अलपत्र परेका बालक त्रसित हुँदै, आत्तिदै र रुँदै सहयोग मागिरहेको पनि देख्न सकिन्छ ।

बालकले भिडियो खिचिरहेका अधिकारीलाई स्पेनिश भाषामा ‘मलाई सहयोग गर्न सक्नुहुन्छ ?’ भन्छन् । त्यसपछि ‘तिमीलाई के भयो र ?’ भनेर अधिकारीले साेध्छन् ।

‘म एउटा समूहको साथमा आएको थिएँ र उनीहरुले मलाई छोडिदिए’, बालकले रुन्चे स्वरमा भन्छन्, ‘उनीहरु अहिले कहाँ छन् भनेर थाहा छैन ।’

‘उनीहरुले तिमीलाई एक्लै छोडिदिए ?’, अमेरिकी अधिकारीले भन्छन् ।

‘हो, उनीहरुले हरुले मलाई छोडे’, बालकले उत्तर दिन्छन् ।

भिडियो खिँच्दै अधिकारीले बालकसँग कुराकानी गरिरहन्छन् ।

‘उनीहरुले तिमीलाई एक्लै छोडिदिए रे’, अधिकारीले भन्छन्, ‘तिमी आफ्ना बाआमा वा अन्य व्यक्तिसँगै आएका हैनौं ?’

‘होइन । समूहसँग मात्रै आएको हुँ’, बालकले जवाफ दिन्छन् ।

ती बालक कसरी र किन अमेरिकाभित्र छिरे भनेर अझै प्रष्ट भइसकेको छैन । तर हाल अमेरिकी अधिकारीहरुले उनलाई स्वास्थ्य तथा मानव सेवा विभागको जिम्मा लगाएका छन् ।

मेक्सिकोमा आप्रवासी परिवारहरु आपसमा बिछोडिने र उनीहरुले आफ्ना बालबालिकालाई सीमापार एक्लै पठाउने गरेको भन्सार तथा सीमा सुरक्षाा विभागका अधिकारीले बताएका छन् । उनीहरुका अनुसार दक्षिणी टेक्सासमा यस्ता घटना सैयौं देखिरहेका छन् ।

मार्चको मध्यतिर टेक्सासको डोन्नामा सीमा सुरक्षा विभागले आप्रवासीका लागि बनाएका केन्द्रमा सैयौं बालबालिकाहरु प्लाष्टिकको टेन्टमा एक्लै बसेको तस्बिर र भिडियो बाहिर आएको थियो । ती बालबालिकाहरु स्लिपिङ प्याडमा सुतेको र आल्मुनियमको ब्लाङ्केट ओढेर बसेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay