scheduleबुधवारबैशाख ८ गते, २०७८

काँग्रेस केन्द्रीय समिति बैठक ३० गतेका लागि सर्‍यो

काठमाडौं, २६ चैत । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सरेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक स्थगित गर्दै चैत ३० गतेका लागि तय गरिएको हो ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले विहीबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको २०७७ चैत्र २७ गते शुक्रबार बस्ने भनिएको बैठक, २०७७ चैत्र ३० गते सोमबार दिनको २ः०० बजे बस्ने भएको छ ।’

पौडेलले जानकारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay