scheduleबुधवार बैशाख २९ गते, २०७८

कोरोना खोप लगाएका स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण, के भन्छन् विज्ञ ?

काठमाडौं, २७ चैत । कोभिड-१९ को खोपको दुवै मात्रा लगाएका १८७ जना पटनाका स्वास्थ्यकर्मीहरूलाई गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । उनीहरूले एक महिना पहिला नै दोस्रो मात्रा खोप पनि लगाएका थिए ।

दोस्रो डोज लगाएको १४ दिनपछि एन्टीबडी विकास हुनुपर्ने थियो तर यसका बावजुद पनि उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो ।

यो घटनासँगै विहारका स्वास्थ्य विभागका अधिकारीहरूले कोरोना खोप लगाइसकेपछि पनि संक्रमणको खतरा रहने जनाएका छन् ।

भारतमा १ अप्रिलदेखि सबै ४५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने कार्यक्रम जारी छ । यसका बावजुद पनि कोरोनाको दोस्रो लहरको संक्रमितको संख्या बढिरहेको छ ।

विहारमा देखिएको यस्तो अवस्थामा चिन्ता बढाएको सरकारी अधिकारीहरूले जनाएको भारतीय सञ्चार माध्यमहरूले खबर लेखेका छन् ।

यसले केही गम्भीर प्रश्नहरू उठिरहेका छन्- के कोरोना संक्रमण रोक्न यो खोप प्रभावकारी नभएकै हो ? खोप लगाएपछि भाइरसविरुद्ध कति दिनपछि काम गर्न थाल्छ ? के यो खोप लगाउनुको कुनै फाइदा छैन ?

यी प्रश्नहरूबारे विज्ञहरूको बुझाई-

के भ्याक्सिन लगाएपछि पनि कोरोना संक्रमण हुन्छ ?

हजुर । हरेक खोपको आफ्नो प्रभावकारिता हुन्छ, जुन कुरा हजारौं मानिसहरूबीच गरिएको तेस्रो चरणको क्लिनिकल ट्रायल्सबाट थाहा हुन्छ । यसैको आधारमा भन्न सकिन्छ कि कुनै खोप भाइरसविरुद्ध कुन हदसम्म प्रतिरक्षा गर्न सक्छ ।

भारत र नेपालमा प्रयोग भइरहेको कोभ्याक्सिनको प्रभावकारिता ८१ प्रतिशत रहेकव छ । यो भनेको खोप लगाएको मानिसमा कोरोना संक्रमण हुने सम्भावना नलगाएको मानिसमा भन्दा ८१ प्रतिशतसम्म कम हुन्छ ।

यसको अर्थ यो हो कि खोप लगाउनासाथ कोरोना संक्रमण हुँदैन भन्ने होइन । त्यस्तै कोभिशिल्डको प्रभावकारिता ६२ देखि ८० प्रतिशतसम्म छ । यो खोपको मात्राको अन्तरमा भर पर्दछ ।

खोप विज्ञ डा. चन्द्रकान्त लहारियाका अनुसार खोप लगाएपछि पनि भाइरसको संक्रमण हुनसक्छ । यसको अर्थ खोपले काम नै गरेन भन्ने होइन । राम्रो कुरा यो हो कि खोप लगाएको मानिसमा कोरोनाको गम्भीर लक्षणहरू देखिँदैनन् ।

अस्पताल भर्ना गर्नुपर्ने अवस्था पनि आउँदैन । इन्फेक्सन सामान्य रुघाखोकी जस्तै हुन्छ ।

तर, कि विहारको सवालमा पनि एउटै शहरमा यतिधेरै संक्रमण देखिनु सामान्य कुरा होइन । हुनसक्छ खोपको कोल्ड चेन टुटेको छ जसमा कोरोनाको असर कम देखिएको छ । यसबारे अध्ययन गरिनुपर्छ । तब मात्र दावीका साथ केही कुरा भन्न सकिन्छ ।

सामान्यतः खोपको प्रभाव कति दिनपछि देखिन्छ ?

केन्द्रीय स्वास्थ्य मन्त्रालयको बारम्बार सोधिने प्रश्नका अनुसार खोपको असर दोस्रो मात्रा लगाएको १४ दिनपछि देखिन थाल्छ । यो भनेको यसपछि मात्र शरीरमा भाइरसविरुद्ध लड्न सक्ने प्रतिरोध क्षमता विकास हुन्छ । कोभ्याक्सिनको दोस्रो मात्रामा २८ दिनको अन्तर राखिएको छ, जबकि कोभिशिल्डको दोस्रो डोजमा ६ देखि ८ हप्ताको अन्तर निर्धारण गरिएको छ ।

यसबाट स्पष्ट हुन्छ कि कोभ्याक्सिनको दोस्रो डोज २८ दिनको अन्तरबाट लगाउँदा ४२ दिनपछि मात्र शरीरमा भ्याक्सिनको असर सुरु हुने विश्वास गर्न सकिन्छ । त्यस्तै, कोभिशिल्डलाई ४२ देखि ५६ दिनको अन्तरमा लगाइन्छ र ५६ देखि ७० दिनपछि यसको प्रभाव सुरु हुन्छ ।

डा. लहरियाका अनुसार कोभिशिल्डको दुई डोजमा यदि १२ हप्ताको अन्तर राखिन्छ भने यसको प्रभावकारिता सबैभन्दा बढी अर्थात् ८० प्रतिशतसम्म रहन्छ । यसैकारण भारतमा गत महिना सरकारले कोभिशिल्डको दुई मात्राबीचको दूरी बढाइएको थियो । यसअघि यो खोप २८ दिनको अन्तरमा नै लगाइँदै आइएको थियो ।

पहिलो डोज लगाएपछि इम्युनिटी रेस्पोन्स सुरु हुन्छ र २-३ हप्तामा इम्युनिटी विकास हुन सुरु हुन्छ । केही हप्तापछि इम्युनिटी कमजोर हुन सुरु हुन्छ । त्यसपछि बुस्टर डोज लगाएर क्षमता बढाइने गरिन्छ । यस्तो प्रतिरोध क्षमताको विकासको कुरा व्यक्तिको स्वास्थ्य अवस्थामा पनि निर्भर हुन्छ । खोपको प्रभावकारिता ८० प्रतिशत भयो भने १० मा २ मानिसलाई कोरोना संक्रमण हुने खतरा हुन्छ जसले कोरोना खोप लगाएका छन् ।

शरीरमा एन्टीबडी बन्यो कि बनेन भन्ने कसरी थाहा हुन्छ ?

वास्तवमा एन्टीबडी भनेको एकप्रकारको प्रोटिन हो जसले भाइरस चिन्न र त्यसविरुद्ध लड्नका लागि शरीरलाई तयारी अवस्थामा राख्छ । यदि कसैलाई कोरोना संक्रमण भयो भने उसको शरीरमा एन्टीबडी पनि हुन्छ । यसको तह अलगअलग व्यक्ता फरकफरक हुन्छ ।

अन्तर्राष्ट्रिय मापदण्डका अनुसार १० देखि १००० अन्तर्राष्ट्रिय एकाई (आईयु) हुँदा एन्टीबडीले भाइरसविरुद्ध राम्रो प्रतिरोध र प्रतिरक्षा गर्न सक्ने मानिन्छ ।

यस्तो आवश्यक हुँदैन कि खोपले सबै मानिसमा एउटै असर देखाओस् । जसरी पाँच औंला एकअर्कामा बराबर हुँदैनन् त्यस्तै सबैको शरीर पनि एकनाश हुँदैन । वैज्ञानिकहरूका अनुसार खोप लगाउनासाथ शरीरमा प्रतिरक्षा प्रणाली विकास भइहाल्दैन । यो कामका लागि केही समय जरुरी हुन्छ ।

शरीरमा कति एन्टीबडी विकास भएको छ भन्ने थाहा पाउन एन्टीबडी परीक्षण गर्नुपर्छ । यो जाँच प्याथोलोजी प्रयोगशालामा हुन्छ र यो महंगो हुन्छ । यो परीक्षणबाट शरीरमा पर्याप्त एन्टीबडी बन्यो कि बनेन थाहा हुन्छ ।

कतिपय मानिसमा विभिन्न जटिलताका कारण एन्टीबडी उत्पानको प्रक्रियामा रुकावट आउन सक्छ । केही मानिसमा वंशानुगत र क्रोमोसोनल मिसम्याचका कारण पनि एन्टीबडी उत्पादन प्रभावित हुनसक्छ । यसको अर्थ यो होइन कि खोपले हाम्रो शरीरमा काम गर्दैन ।

… त्यसो भए यो परीक्षण सबैले गराउनुपर्छ ?

सामान्यतः एन्टीबडी परीक्षण गराउनु राम्रै कुरा हो । यसबाट खोप लगाएपछि हाम्रो शरीरमा प्रतिरक्षा प्रणालीको प्रतिक्रियाबारे थाहा पाइन्छ । तर यो गर्नैपर्ने जरुरी भने छैन । चिकित्सकहरूले सिफारिस नगरेसम्म यो गर्नु आवश्यक छैन ।

योक्रममा सबैभन्दा महत्वपूर्ण कुरा नियमअनुसार निर्धारित अन्तरमा खोप लगाउनुपर्छ । आवश्यक सावधानी अपनाउनुपर्छ ।

दैनिक भास्करबाट

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय