scheduleबुधवार आश्विन ६ गते, २०७८

युरोपा लिग फुटबल: ग्रानाडाको मैदानमा युनाइटेडको सहज जीत

काठमाडौं, २७ चैत । युइएफए युरोपा लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले जीत निकालेको छ । क्वाटरफाइनलको पहिलो लेगमा युनाइटेडले स्पेनिस क्लब ग्रानाडालाई उसैको मैदानमा २-० ले हराएको हो ।

युनाइटेडको जीतमा मार्कस रासफर्ड र ब्रुनो फर्नान्डेसले १-१ गोल गरेका थिए । दुवै हाफमा एकएक गोल भएका थिए ।

खेलको ३१औं मिनेटमा रासफर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । घरेलु मैदानमा ग्रानाडाले खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकिरहेको थिएन ।

खेलको ९०औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई २-० को जीत दिलाए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय