scheduleबुधवार बैशाख २९ गते, २०७८

नयाँ प्रस्थानविन्दु

कविता
दामोदर त्रिपाठी
दामोदर त्रिपाठी

 

जीवनमा आगो हुन्छ,
जीवनमा पानी हुन्छ,
आऊ आगो र पानीलाई साथसाथ राख्ने साहस गरौं
‘दुस्साहस’ गरौं, क्रान्तिको नयाँ परिभाषा बन्नसक्छ !

जीवनमा खेल हुन्छ
जीवनमा झेल हुन्छ,
जीवनमा नेल हुन्छ,
जीवनमा जेल पनि हुन्छ,
आऊ मित्र, खेल, झेल, अनि नेल र जेलका
तमाम् मान्यताहरु अक्रिमण गरौं
अर्को नयाँ उत्सवको उद्घाटन हुनसक्छ !

कति कोक्रियर बस्नु,
अभाव, विपन्नता, गरिवी र भोकका चेपहरु भित्र !
इतिहासले दिएका नयाँ शिखाहरु बाल्दै जाऊँ
त्यही ओडार नयाँ गन्तब्यको
नयाँ प्रस्थानविन्दु हुनसक्छ !

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय