scheduleबुधवार आश्विन १३ गते, २०७८

चेन्नेइले आईपिएलको नियम उल्लंघन गरेपछि धोनीलाई १२ लाख जरिवाना

एजेन्सी, २९ चैत । चेन्नेइ सुपर किङ्सका कप्तान एवं स्किपर महेन्द्र सिंह धोनीलाई १२ लाख जरिवाना लगाइएको छ ।

आइपीएलको नियममा तोकिएको समयभन्दा बढी समयमा पारी (इनिङ) सकेको भन्दै आयोजकले चेन्नेईका कप्तानलाई १२ लाख भारु जरिवाना लगाएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

‘भिभो इन्डियन प्रिमियर लिगअन्तर्गत दिल्ली क्यापिटल्सविरुद्ध मुम्बईको वाङखेडे स्टेडियममा अप्रिल १० मा भएको खेलमा चेन्नेई सुपर किङ्सका कप्तान एमएस धोनीको टिमले ढिलो बलिङ गरेको (slow over rate) कारण उनलाई जरिवाना लगाइएको छ । न्युनतम ओभर रेटसम्बन्धी आईपिएलको आचार संहिताका हकमा उनको टोलीले पहिलो गल्ती गरेको हुनाले धोनीलाई १२ लाख जरिवाना लगाइएको हो’, आईपिएलको आधिकारिक विज्ञप्तिमा भनिएको छ ।

आईपिएलको नयाँ नियम अनुसार हरेक टोलीले ९० मिनेटमा इनिङ सक्नुपर्छ । सो नियम अनुसार एक घण्टाभित्र १४.१ ओभरको ओभर रेट (अर्थात् प्रतिघण्टा गरिने औसत बलिङ) तोकिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय