scheduleबुधवार आश्विन ६ गते, २०७८

प्रिमियर लिग: टोटनहामविरुद्ध म्यान्चेस्टर युनाइटेडको शानदार जीत

काठमाडौं, ३० चैत । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले जीत हासिल गरेको छ । युनाइटेडले टोटनहामलाई उसैको मैदानमा ३-१ ले हराएको हो ।

युनाइटेडको जीतमा फ्रेड, एडिन्सन काभानी र मेसन ग्रीनवूडले १-१ गोल गरेका थिए । टोटनहामका सन ह्युङमिनले १ गोल गरे । युनाइटेडले १-० ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै खेल ३-१ ले जितेको हो ।

खेलको ४०औं मिनेटमा सनले लुकास मोउराको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछि परेको युनाइटेडले दोस्रो हाफमा ३ गोल फर्कायो ।

५७औं मिनेटमा फ्रेडले गोल गर्दै खेल बराबरीमा ल्याए । ७९औं मिनेटमा काभानीले गोल गरेपछि युनाइटेड खेलमा अगाडि आयो । खेलको इन्जुरी समयको अन्तिम मिनेटमा ग्रीनवूडले गोल गर्दै युनाइटेडको ३-१ को जीत सुनिश्चित गरे ।

जीतसँगै ३१ खेलबाट ६३ अंक भएको युनाइटेड दोस्रो स्थानमा यथावत् छ । उसले शीर्षस्थानको सिटीसँगको अंकदूरी घटाएको छ । एक खेल बढी खेलेको सिटीको ७४ अंक छ । पराजित टोटनहाम ४९ अंकसहित सातौं स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय