scheduleमगलवार आश्विन ५ गते, २०७८

भारतमा एकैदिन १ लाख ७० हजार जनामा कोरोना संक्रमण पुष्‍टि

एजेन्सी, ३० चैत । छिमेकी राष्‍ट्र भारतमा एकैदिन १ लाख ७० हजार व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्‍टि भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार आइतबार भारतमा १ लाख ६९ हजार ८ सय ९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

भारतमा एकैदिन यति धेरै संक्रमित थपिएको यो पहिलोपटक हो । पछिल्लो समय भारतमा निरन्तर रुपमा संक्रमितको संख्या बढिरहेको छ । केही दिनयता दैनिक एक लाखभन्दा बढी संक्रमित थपिइरहेका छन् ।

आइतबार थपिएकामध्ये सबैभन्दा धेरै महराष्ट्र राज्यमा ६३ हजार २ सय ९४ जना छन् भने नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा १५ हजार २ सय ७६ जनामा संक्रमण देखिएको छ ।

संक्रमण बढेसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । आइतबार भारतभरि ९०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा एक करोड ३५ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने १ लाख ७० हजार संक्रमितको ज्यान गएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय