scheduleबुधवार बैशाख २९ गते, २०७८

कोरोना ‘नेगेटिभ’ देखिएपछि घर फर्किए अक्षय कुमार

काठमाडौं, ३० चैत । बलिउड अभिनेता अक्षय कुमार कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । कोभिड-१९ पोजिटिभ देखिएपछि अस्पताल भर्ना भएका कुमार निको भएका हुन् ।

कुमारकी श्रीमति एवं अभिनेत्री ट्विङकल खन्नाले सामाजिक सञ्जालमार्फत् कुमार संक्रमणमुक्त भएको बताएकी छन् ।

संक्रमणमुक्त भएपछि कुमार घर फर्किएका छन् । हाल उनी सुरक्षित र स्वस्थ रहेको पनि खन्नाले जानकारी गराएकी छन् ।

केही समयअघि ‘राम सेतु’को छायाङ्कनका क्रममा कुमारलाई कोरोना पोजिटिभ देखिएको थियो । संक्रमण भएपछि उनी छुट्टै (आइशोलेसनमा) बसेका थिए । र लगत्तै उनले डाक्टरको सल्लाह अनुसार आफू अस्पताल भर्ना भएको जानकारी दिएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय