scheduleबुधवार बैशाख २९ गते, २०७८

सोमबार थप ५५९ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडाैं, ३० चैत । नेपालमा सोमबार थप ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४३ सय ७८ पिसिआर परिक्षणका क्रममा ४९६ जना र ७२७ एन्टीजेन परिक्षणका क्रममा ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ५२४ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १३ जनाको मृत्यु भएको छ भने नेपालमा हालसम्म तीन हजार ५३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १३८ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा दुई लाख ७४ हजार १६५ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हाल ३३ सय ६ जना आइशोलेशन र ८५ जना क्वारेन्टीनमा छन् । नेपालमा हालसम्म २३ लाख १७ हजार २८४ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय