scheduleबुधवार बैशाख २९ गते, २०७८

गर्भमा आठ महिने शिशु बोकेर टेक्वान्डोमा स्वर्ण जितेपछि सर्वत्र चर्चा

एजेन्सी, ३० चैत । गर्भमा ८ महिनाको शिशु बोकेर टेक्वान्डो प्रतियोगितामा भाग लिएकी एक महिलाको भिडियो यतिबेला भाइरल बनेको छ ।

हाल सामाजिक सञ्जालमा भाइरल बनेकी ती महिलाको नाम हो- अमीनत इदरीस । द सनमा प्रकाशित समाचार अनुसार २६ वर्षीया इदरीस नाइजेरियाली टेक्वान्डो खेलाडी हुन् । उनले आफ्नो देशमा हरेक २-२ वर्षमा आयोजना हुने खेलकूद महोत्सबमा भाग लिएकी थिइन् ।

इदरीसले महोत्सवका बेला टेक्वान्डो प्रतियोगितामा भाग मात्रै लिइनन्, ‘मिक्स्ड पोमासे’अन्तर्गत स्वर्ण पदक पनि जितिन् । महोत्सवका आयोजकका अनुसार उनले स्वर्णसहित कांस्य पदक पनि जितेकी छन् ।

त्यस्तै इदरीसले महोत्सवमा सबैभन्दा बढी मेडल जित्न सफल भएको पनि समाचारमा बताइएको छ । उनले टेक्वान्डो बाहेक अन्य खेलमा सहभागी बनेर पदक जितेकी हुन् । योसँगै उनको सर्वत्र चर्चा भइरहेको छ ।

इदरीसले केही समयको प्रशिक्षणपछि इडो राज्यमा आयोजित खेलकूद प्रतियोगितामा सहभागिता जनाएकी थिइन् ।

स्वर्ण पदकसहित सबैभन्दा धेरै पदक जित्न सफल भएपछि उनले यो आफ्ना लागि निकै ठूलो उपलब्धी भएको टिप्पणी गरेकी थिइन् । गर्भवती हुनुपूर्व नै प्रशिक्षण लिँदै आएकी उनले गर्भवती भएको बेला पनि प्रशिक्षणलाई निरन्तरता दिइन् । पछि डाक्टरको सल्लाह र आयोजकको अनुमतिपछि उनी प्रतियोगितामा सहभागी भइन् ।

आठ महिनाको शिशुलाई गर्भमा बोकेर इदरीसले चुनौतीपूर्ण प्रतियोगितामा भाग लिनु र स्वर्ण पदक जित्न सक्नु अन्यका लागि प्रेरणा भएको भन्दै आयोजकले उनको प्रशंसा गरेका थिए ।

नेशनल स्पोर्टस फेस्टिभलका आयोजकले ट्विटरमा एउटा भिडियो समेत पोष्ट गरेका छन् । उक्त भिडियोमा इदरीसले आफ्नो सीप कुशलतापूर्वक प्रदर्शन गरेको देख्न सकिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय