scheduleबुधवार बैशाख २९ गते, २०७८

ह्वात्तै बढ्दै कोरोना सङ्क्रमित र मृतकको संख्या

काठमाडौं, ३० चैत । नेपालमा कोरोना सङ्क्रमित मृतकको संख्या बढ्दै गएको छ । गत २४ घण्टामा १३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोना सङ्क्रमित मृतकको संख्या ३ हजार ५३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि हिजो एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो ।

गत २४ घण्टामा ५ सय ५९ जना कोरोना सङ्क्रमित भेटिएका छन् । यो सँगै नेपालमा सङ्क्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ जना पुगेको छ । गत २४ घण्टामा ५ हजार १ सय ५ जनाको पिसिआर परीक्षण भएको छ ।

यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख १७ हजार २ सय ८४ पुगेको छ । आज १ सय ३८ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७४ हजार १ सय ६५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबीच बितेको २४ घण्टामा विश्वमा कोरोना सङ्क्रमणबाट ८ हजार ५० जनाको मृत्यु भएको छ भने ६ लाख ३२ हजार ५ सय १७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

कोरोना सङ्क्रमणको तथ्याङ्क सार्वजनिक गर्दै आएको वल्ड्रो मिटरका अनुसार अहिले विश्वमा १३ करोड ६६ लाख २८ हजार ५ सय ३० जना कोरोनाबाट सङ्क्रमित भइसकेका छन् । त्यस्तै विश्वमा २९ लाख ४९ हजार २ सय २८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भैसकेको छ भने १ लाख ३३ हजार ६९ जना सङ्क्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै विश्वभर सङ्क्रमणबाट मुक्त भएर घर फर्किनेको संख्या १० करोड ९८ लाख ७७ हजार ३२ जना पुगेको छ । महामारीबाट पछिल्लो २४ घण्टामा सबैभन्दा बढी भारतमा १ लाख ६९ हजार ९ सय १४ जना सङ्क्रमित भएका छन् ।

भारतमा मात्रै २४ घण्टामा ९ सय ४ जनाको मृत्यु भएको छ । भारत पछि अमेरिका, बेलायत, ब्राजिल, फ्रान्स लगायतका मुलुकहरु बढी प्रभावित छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय