scheduleबुधवार बैशाख २९ गते, २०७८

नयाँ कोरोनाको निशानामा बालबालिका

काठमाडौं, ३१ चैत । पछिल्लो समय नेपालमा कोरोना भाइरसको निशानामा अत्यधिकरुपमा बालबालिका परिरहेका छन् । ‘यूके भेरिएन्ट’ भएका संक्रमितमा ११ देखि २० वर्ष उमेर समूहका मात्र २२ प्रतिशत छन् ।

४ प्रतिशत त १० वर्षमुनिका रहेका छन् । हाल कान्तिमा लक्षण देखिएका ३ जना कोरोना संक्रमित बालबालिकाको उपचार भइरहेको छ भने सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा चार जना बालबालिकाहरु उपचार गराइरहेका छन् । उनीहरु सबैमा लक्षण देखिएको छ ।

आइतबार मात्र ३ सय ३ जनामा संक्रमण पुष्टि हुँदा १८ वर्ष मुनिका १८ जना बालबालिका रहेका छन् । शनिबार थपिएका ३ सय ३७ जना संक्रमितमा २७ जना बालबालिका रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार बालबालिकामा पाँच दिनसम्म १०४ डिग्री ज्वरो, झाडाबान्ता र खोकी लागे कोरोना हुनसक्छ ।

कतिपयको नाक वा मुखबाट रगतसमेत जाने गरेको छ । बालबालिकामा कोरोना संक्रमण देखिने क्रम तीव्र छ र कुल कोरोना संक्रमितको संख्यामा बालबालिकाको हिस्सा उल्लेख्यरुपमा बढ्दै गएको छ ।

खासगरी विद्यालयमा हुने हेलचेक्र्याईले बालबालिकामा रफ्तारमा कोरोना संक्रमण बढिरहेको विज्ञहरु बताउँछन् । सरकार विद्यालय बन्द गर्ने कि खुलाउने भन्नेमा अलमलिएको छ भने विद्यालय सञ्चालकहरु र कतिपय सरोकारवालाहरु विद्यालय बन्द गर्न नहुने पक्षमा छन् ।

यद्यपि, कतिपय विद्यालयहरुले विद्यालय आंशिकरुपमा बन्द गर्न थालिसकेका छन् । कलंकीस्थित एलआरआई स्कूलले तत्कालका लागि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय